सेयरबजारमा लगानी गर्ने अहिले उचित अवसर– अर्थमन्त्री डा. खतिवडा (भिडियो सहित)

तस्बिरः बिएल

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयरबजारमा लगानी गर्ने अहिले उचित अवसर भएको बताएका छन्। कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोष, सामुहिक लगानी योजना लगायतका संस्थाहरुका लागि सेयरबजारमा लगानी गर्न अहिले अवसर भएको भन्दै दोस्रो बजारमा लगानी बढाउँन निर्देशन पनि दिए। कोषहरुबाट कुल जीडीपीको करिब २० प्रतिशत बराबरको बचत परिचालन हुँदै आएकाले यस्ता संस्थाहरुको गतिबिधिले बिगतमा पुंजी र मुद्रा बजारमा प्रभाव पार्दै आएको अर्थमन्त्री खतिवडाले बताए। उनले बिगतमा वित्तीय बजारमा महँगो ब्याज आउने गरि निक्षेप राख्ने परिपाटी भएको भन्दै अहिले केहि सन्तुलित भएपनि थप सन्तुलित तरिकाले अघि बढ्नलाई कर्मचारी संचय कोषलाई निर्देशन दिए। अर्थमन्त्री खतिवडाले नेपालको पुंजीबजारमा बोन्ड बजारको विकास हुने क्रममा रहेकाले संस्था तथा कोषहरुको लागि समेत लगानीको अर्को अवसर हुने बताए। उनले सरकारले अघि सारेको सामाजिक सुरक्षा कोषलाइ प्रभावकारी रुपमा अघि बढाइने जानकारी पनि दिए।

कार्यक्रममा कर्मचारी सञ्चय कोषले योगदानमा आधारित पेन्सन योजनाको औपचारिक शुभारम्भ गरेको छ। योगदानमा आधारित निवृत्तिभरण कोष नाम दिईएको यस योजनामा २७६ साउन १ पछि नियुक्त भएका स्थायी निजामती , प्रहरी, सैनिक, शशस्त्र, र नेपाल विशेष सेवाका कर्मचारी समावेश हुन् सक्ने छन्। कोषमा ६ लाख सञ्चयकर्ता पुगेको पनि जानकारी गराइएको छ। त्यस्तै, कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/०७६ मा २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ।

प्रकाशित मिति: : 2019-09-17 16:41:05

प्रतिकृया दिनुहोस्