जहाजभित्र औषधी छर्किने व्यवस्था मिलाउन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

आज (सोमबार) मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशतर्कता अप्नाउन सबै सरोकारवालाहरुलाई निर्देशन समेत दिए ।

मन्त्री भट्टराईले बैठकमा बोल्दै पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: : 2019-09-16 16:42:13

प्रतिकृया दिनुहोस्