उत्तर कोरियाली लगानीमा सञ्चालित व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम

फाइल तस्बिर

काठमाडौं । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ ।

भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागका निर्देशक प्रेम लुईटेलले बताए । उनले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको बताए ।

उद्योग विभागकाअनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन् ।तनहुँको दमौलीमा नेकोर्यो अस्पतालमा ८० प्रतिशत शेयर उत्तर कोरियाली नागरिकको छ । साथै हिमालयन सोजी रेष्टुरेन्ट, होटल रिमिन एण्ड रेष्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, पोङयाङ अकुग्यान नेपाल, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेष्टुरेन्ट उत्तर कोरियाली लगानी छ ।

प्रकाशित मिति: : 2019-09-16 16:30:10

प्रतिकृया दिनुहोस्