सुपथ मूल्य पसल सञ्चालन (भिडियोसहित)

तस्बिरः बिएल

सरकारले दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरी सोमबारबाट सुपथ मुल्य पसल सञ्चालन गरेको छ।
विगतमा वर्ष झै यो वर्षमा पनि दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरीका सुपथ मुल्य पसल गरेको हो। अहिले काठमाडौको रामशाहपथम सुरु गरिएको पसल नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र दुग्ध विकास संस्थानको सहकार्यमा उपत्यकासहित देशका विभिन्न स्थानमा ७३ वटा पसल सञ्चालनमा ल्याउने बताइएको छ।

नेपाल खाद्य संस्थान उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल हुनेछन् । त्यस्तै, साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२ र दुग्ध संस्थानले उपत्यकाका ४ स्थानसहित उपत्यका बाहिरका ११ स्थानमा सुपथ मूल्यका पसलहरु खोल्न लागेको खाद्य संस्थानले जनाएको छ। सुपथ मूल्यका पसलहरुबाट सामान किन्दा उपभोक्ताहरुले वस्तु हेरी बाहिरी बजार भाउभन्दा २ देखि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

प्रकाशित मिति: : 2019-09-10 12:42:52

प्रतिकृया दिनुहोस्