आयुर्वेदिक औषधि निर्माता ग्रुप वैद्यनाथ समूहले नेपालमा पनि भेटनरी औषधी उपलब्ध गराउने

तस्बिरः बिएल

भारतको सबैभन्दा पुरानो तथा लोकप्रिय आयुर्वेदिक औषधि निर्माता ग्रुप वैद्यनाथ समूहले नेपालमा पनि भेटनरी औषधी उपलब्ध गराउने भएको छ।

केही साताअघि बैद्यान समूहका अध्यक्ष भरत भूषण श्रीखण्डे र नेपालका लागि आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिव्यसन प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ढकाल बिच औपचारिक रूपमा सम्झौता भएको हो। राष्ट्रिय खोप उत्पादन प्रयोगशाला वरिष्ठ पशु चिकित्सक उमेश दाहालको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा वैद्यनाथ ग्रुपका अध्यक्ष श्रीखण्डेले नेपालमा स्तरियता औषधिहरू उपलब्ध गराउने प्रतिबद्धता दाबी गरे।

सन् १९१७ मा पण्डित रामदयाल जोशीले भारतमा वैद्यनाथ समूहको स्थापना गरेका थिए। अहिले वैद्यनाथ समूहले सात सयभन्दाबढी बस्तु तथा सामाग्री उत्पादन गर्दै आएको छ।‘ नेपालमा आफ्नो कम्पनीको सामान विक्री गर्न पाएकोमा एकदमै खुसी छु। नेपालमा आउने सामानमा गुणस्तरको हिसाबले कुनै पनि सम्झौता हुँदैन। वैद्यनाथ ग्रुपकी मार्केटिङ म्यानेजर प्रति साहले भनिन्।

बैद्यना ग्रुपले उत्पादनको गरेको सामान नेपाल बाहेक, युरोप, अमेरिका लगायत ५ सय ५० भन्दा बढी देशहरूमा आधिकारी बिक्रेता मार्फत बिक्री हुने गरेको वैद्यनाथ ग्रुपले जानकारी दिएको छ। माग अनुसार गुणस्तरीय औषधिहरू उपलब्ध गराउने यमुना भेटका प्रबन्ध निर्देशक यज्ञराज ढकालले दाबी गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका पशु चिकित्सक, औषधी व्यवसायीहरू लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-09-06 23:59:59

प्रतिकृया दिनुहोस्