पशुपालक किसानलाई साढे छ करोड अनुदान

तस्बिरः एजेन्सी

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख  अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले  दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ । यसअघि प्रतिलिटर रु एक वितरण गर्ने भनेकोमा रकम अभावका कारण हाललाई २५ पैसाका दरले मात्रै वितरण गरिएको जनाइएको छ । अनुदान पाउने सहकारीमा चितवनको ७४, मकवानपुरको २२, दोलखाको दुई, काभ्रेको २२ र ललितपुरको २२, धादिङ र नुवाकोटको एक÷एक वटा सहकारी छन् । मन्त्रालयले विभिन्न जिल्लामा दाना उद्योग सञ्चालनको लागि रु एक करोड ६५ लाख ५४ हजार वितरण गरेको मन्त्रालयका पशु विकास शाखा अधिकृत डाक्टर सविना मिश्रले जानकारी दिइन्। उनका अनुसार मन्त्रालयले चितवन, मकवानपुर र दोलखामा दाना उद्योग सञ्चालनमा ल्याउन लागेको छ  ।

त्यस्तै मन्त्रालयले चितवन, ललितपुर र मकवानपुरमा तीनवटा पशु बधशाला निर्माणको लागि रु एक करोड ५० लाख दिएको छ । मन्त्रालयले  चितवन र धादिङमा  तीन/तीन, सिन्धुली र दोलखामा एक/एक र ललितपुरमा पाँचवटा साना ‘पशु बधस्थल’ निर्माणका लागि रु ८६ लाख ७६ हजार अनुदान रकम वितरण गरेको छ । तीनवटा जिल्लामा ‘चिलिङ भ्याट’ को लागि एक करोड ५० लाख बजेट वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले रु ९८ लाख २७ हजारको लागतमा २० वटा ‘मिल्क एनलाइज’ खरीद गरी प्रदेशका विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ ।

प्रकाशित मिति: : 2019-09-06 12:45:53

प्रतिकृया दिनुहोस्