बुधबार, ०६ अगस्ट २०२५

नेपालमा दशै-तिहारको मुखमा बढ्यो दूधको भाउ, लिटरको ७६ रूपैयाँ

News Image
दशै-तिहारको मुखमा दूध लिटरको ७६ रूपैया । तस्बिर : डीडीसी
• • •

नेपालमा दुधको भाउ बढेर लिटरको ७६ रूपैया पुगेको छ । नेपालीहरूको महान चाड दशै-तिहारको पूर्वसन्ध्यामा सरकारले दुधको भाउ प्रति लिटर ६ रूपैया बढाएको हो । 

बढेको दुधको भाउ भदौ २१ गते शनिबारदेखि लागु हुने भएको छ ।

दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूधको भाउ बढाएको बताइएको छ ।

यो पनि हेर्नुहोस् 

गौहत्या र कुकुर हत्या विरुद्ध माइतिघरमा विरोध प्रदर्शन

 

नयाँ कायम गरिएको भाउ अनुसार अब ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन् ।

यसअघि २०७४ भदौ १ गते दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!