जुम्लामा १० दिने औद्योगिक व्यापार महोत्सव

Agency

कृषि पर्यटन, उद्योग व्यापारको पूर्वाधार जुम्ला विकासको मूल आधार नारासहित कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको समृद्धिका लागि जुम्लामा १० दिने प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औधोगिक व्यापार महोत्सव बिहीबारदेखि सुरु हुँदैछ। 

भदौ १९ देखि २९ गतेसम्म चल्ने महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने आयोजकले जनाएको छ।

कृषि उत्पादन, स्थानीय उद्योगबाट उत्पादित वस्तु, हाते उद्योगबाट तयार पारिएका राडिपाखी, लिउ, पाखो, खरायोको टोपी, कोट तथा यहाँका जंगलमा पाइने थरिथरिका बहुमूल्य जडिबुटी प्रदर्शन गर्न छुट्टाछुट्टै ८५ वटा स्टल राखिने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ।

उद्योग वाणिज्य संघ मुख्य आयोजक छ भने जिल्लाका सबै स्थानीय तह सहआयोजक रहेको संघका अध्यक्ष रजव अलि मनिहारले जानकारी दिए।

भदौ महोत्सवका लागि अनुकुल समय रहेकाले महोत्सव साचेभन्दा राम्रो हुने मनिहारको ठहर छ। बारीमा स्याउ लटरम्म फलेका भेटिनेछन।
जताततै हरियालीले आगन्तुकको मन लोभिने छ।ु उनले भने, ुमेला हेर्न आउनेहरु जुम्लालाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य सम्झिने छन।

बाह्य उत्पादनको प्रवेशमा रोक लगाउने, कृषिबाट क्षेत्रबाट उत्पादित वस्तु र तीनबाट बनेका परिकार मात्र राख्ने तयारी भएको छ। उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका सदस्य पुरिचन्द्र देवकोटाले भने, ुमेला हेर्न आउने जो सुकैले स्थानीय उत्पादन बारेमा जानकारी हासिल गर्नेछन् भने स्थानीय अर्गानिक खाद्य परिकारको स्वाद लिन पाउनेछन्। प्रदेश सरकारले समेत अर्गानिक अभियान चलाइरहेको बेला यो कोसेढुंगा सावित हुनेछ।

महोत्सवमा जिल्लाको कला, साहित्य र संस्कृतिको उजागार हुने खालको प्रस्तुतिका लागि जिल्लाका सबै विद्यालयलाई पत्राचार गरिएको छ। कर्णालीको पहिचान झल्काउन महत्त्वपूर्ण ठहरिने आयोजकले ठानेको छ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ।
१० दिनसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारको उपस्थिति रहनेछ। कार्यक्रम आयोजनाका लागि गर्न उपयुक्त ठाँउको अभावले खेलाडीले खेल अभ्यास गरिरहेको राजासिम मैदान प्रयोग गरिएको छ।

कर्णालीकै प्रशिद्ध चन्दननाथ, भैरवनाथ मन्दिर, तातोपानी धारा, ऐतिहासिक सिंजा साम्राज्य र खस सभ्यताको भरपुर प्रचार गरिएको छ। बाहिरबाट जुम्ला आउनेले हवाई तथा सडक यातायातको प्रयोग गर्न सक्ने छन् भने वर्षाको समयमा बेहोर्नुपर्ने सम्भावित बाढी पहिरोको जोखिम टार्न सरोकारवालासँग छलफल भैरहेको छ।

तीन करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवमा ६६ लाख आम्दानी तथा ५९ लाख खर्च हुने गर्ने अनुमान गरिएको छ।

पहिलो दिन सबैलाई निस्शुल्क प्रवेश दिइएको भएपनि दोस्रो दिनबाट शुल्क लाग्ने आयोजकले सूचना गरेको छ।

प्रकाशित मिति: : 2019-09-05 10:52:08

प्रतिकृया दिनुहोस्