सरकारले मेनपावर व्यवसायलाई नियमन गर्न वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै मेनपावर कम्पनीको धरौटी रकम बढाएको छ।
वैदेशिक रोजगार बिभागले बढाएको रकम जम्मा गर्न मेनपावर व्यवसायलाई बिहिबारसम्मको समय दिएको छ।
वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै वार्षिक तीन हजारसम्म कामदार पठाउने वैदेशिक रोजगार कम्पनीले ५० लाख र डेढ करोड बैंक ग्यारेन्टी गरी दुई करोड रुपैया धरौटी राख्नु पर्ने व्यवस्था गरेको छ ।