स्याउ उत्पादक किसान विशेष धन्यवादका पात्र हुनुहन्छ । उहाँहरु सबै किसानहरु स्याउ उत्पादनका नायक नायिका हो । त्यसैले कृषक साथीहरु, उद्यमी साथीहरु सबैलाई नमन गर्न चाहन्छु ।
सर्वप्रथम म सबै स्याउ उत्पादक किसानहरुलाई बधाई दिन चाहन्छु । उहाँहरु सबैको महेनतले नै जुम्ला स्याउ उत्पादनको केन्द्र भनेर चिनिएको छ । जुम्लालाई मात्र होइन, कर्णालीलाई स्याउ उत्पादनको केन्द्रको रुपमा जुम्लाका कृषक, उद्यमी साथीहरुले चिनाउन सफल हनुभएको छ । म उहाँहरु सबैलाई म बधाइ दिन चाहन्छु ।
यसै पनि जुम्लाको स्याउ नेपालमा चर्चित छ । विश्वमा चर्चित गराउन सकिने सम्भावना छ । आज जुम्लाको स्याउ राजधानी काठमाडौं मात्रै हैन, नेपालगन्ज, बुटवल, पोखरा, धनगढीलगायतका बजारमा पुगेको छ । सुर्खेत बजार त हाम्रो केन्द्र छँदैछ । सबै बजारमा जुम्लाको स्याउ पुगेको छ ।
यो स्याउलाई अझैपनि हामीले बजारीकरण गर्न सकेका छैनौं । जुम्लाको स्याउको स्तरको जुन अवस्था छ त्यसलाई त्यही ढंगले कायम गर्न, विस्तार गर्न र प्रचारप्रसार गर्न सकेका छैनौं । त्यसैले अब हामी स्याउलाई चिनाउन चाहन्छौं । विश्वव्यापिकरण गर्न चाहन्छौं । बजारीकरणको समस्या समाधान गर्न चाहन्छौं । यी उदेश्य लिएर स्याउलाई चिनाउन कोशिस गर्ने हामी सबै सफल हुनेछौं ।
स्याउका विषयमा अध्ययन गर्दै जाँदा म औधी खुसी छु । स्याउका परिकारहरु देख्दा, स्याउको क्वालिटी हेर्दा अब हामीले स्याउलाई उचित ढंगले बजारीकरण गर्न सकेका छैनौं । यो हाम्रो प्रमुख समस्या बनेको छ ।
स्याउ उत्पादनलाई बढवा दिन सकेनौं, सिंचाइका अभावले उत्पादन विस्तार गर्न सकेनौं । स्याउको रोगलाई ठिक ढंगले उपचार गर्न सकेनौं । बाटोको समस्याले गर्दा ढुवानीमा सहजता ल्याउन सकेनौं । जुम्लाको स्याउलाई ब्राण्ड दिएर प्याकेजिङ गरेर बिक्री गर्न नसक्दाखेरी जुम्लाको स्याउ भनेर भारतीय स्याउ बिक्री गर्ने स्थिति बनिरहेको छ ।
यो हाम्रो लागि सबैभन्दा ठुलो चुनौति हो । यो चुनौति जुम्लाको मात्र चुनौति होइन, सिंगो कर्णाली प्रदेशको चुनौति हो । सिंगो राज्यको चुनौति हो । त्यसैले यो संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको ठूलो चुनौतिको रुपमा रहेको मैले महसुस गरेको छु । यी सबै समस्यालाई मध्यनजर गरेर आजोजना गरिएको स्याउ महोत्सवले हामीलाई यी सबै विषयमा गम्भीर हुन मद्दत गरेको छ । यसले स्याउका विविध आयामको बहसलाई छेडेको छ ।
यी विविध पक्षलाई ध्यानमा राखेर स्याउ महोत्सव आयोजना गर्ने कान्जिरोवा टाईम्सका साथीहरु पनि विशेष धन्यवादका पात्र हुनुहुन्छ । यी सबै दृष्टिबाट हेर्दा यो कार्यक्रम सफल भएको मलाई महशुस भएको छ । नजिकैबाट किसान र उद्यमी साथीहरुका समस्यासँग भलाकुसारी गर्ने अवसर जुरेको छ । यो मेरा निम्ति ठुलो अवसर हो ।
आउँदाआँउदै बाटोमा तिला गाउँपलिका २ का वडा अध्यक्षसँग भेट भयो । उहाँको गाउँको जनसंख्या र खानलाउन पुग्ने कति भनी सोधेकी थिएँ । उहाँले आधा जतिलाई खान पुग्दैैन भन्नुभयो । खान नपुग्ने उहाँहरु छ महिना भारत गएर गुजारा चलाइरहनु भएको छ । यो हाम्राे विडम्बना हो ।
जुम्लामा स्याउको बजारीकरणका लागि बाटो पहिलो आवश्यकता हो । बाटो सहज बनाउनका लागि संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा स्तर उन्नति गर्ने जमर्को गरिरहेका छौैं । सुर्खेतसम्म स्याउ लिदा बिग्रिने, खाल्डाखुल्डीका कारण चोटपटक लाग्ने जुन अवस्था छ, अर्को वर्षसम्म त्यसलाई अन्त्य गरिनेछ ।
स्याउलाई सही ढंगले व्यवस्थापन गर्न पहिलो आवश्यकता प्रशोधन केन्द्र हो । विविध कारणले हामीसँग पहिले भएको प्रशोधन केन्द्र चल्न सकेको छैन । त्यसलाई मर्मत गरेर चलाउने या नयाँ खालको प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने हो । त्यो अध्ययनको विषय हो । हामीले कुन खालको प्रशोधन राख्दा जुम्लामा स्याउको बजारीकरणको ग्यारेन्टीहुन्छ, यो सोचिरहेका छौं ।
आज तपाई हामी सबैको घरमा कोक, फेन्टा बियर सजिलै पाइन्छ । बजारको ठुलो हिस्सा यीनै मालहरुले ओगटेका छन् । तर जुम्लाको स्याउ बिग्रिरहेको छ । त्यसै खेर गएको छ । ती मालहरुकोे विकल्पमा जुस उत्पादनलाई मात्र लनि सक्यौं भने कर्णालीका घरघरमा मात्र होइन हामीले देशभरिका मान्छेलाई जुम्लाको जुस बिक्री गर्न सक्नेछौं । स्याउको जुसलाई हामीले नं. वान जुसको रुपमा बिक्रीवितरण गर्न सक्छौं ।
म जुम्ली जनाता, किसान र उद्यमी साथीहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, सैबै पालिकाका प्रमुख, उप-प्रमुख, जन प्रतिनिधि, कर्मचारी सबैलाई अनुरोध गर्न चाहन्छु । जुम्लाका स्याउकाे लागि कुन लेभलकाे प्रशोधन केन्द्र चाहिने हो ? कति परिमाणमा स्याउ खपत गर्न सक्ने खालको चाहिने हाे ? त्यसबाट कति परिमाण उत्पादन गर्न सकिन्छ ? त्यो हामीले अध्ययन गरौं । विज्ञ ल्याउँ । हामीसँग विज्ञहरु छैनन् । उनीहरुबाट ठुलो सम्भाव्यता अध्ययन गरौं र डिपिआर पनि गरौं । त्यो डिपिआर अनुसारको स्याउ प्रशोधन केन्द्रको स्थापना गरौं ।
त्यसैले अब कर्णालीमा फेन्टा र कोक होइन, जुम्लाको अर्गानिक स्याउको जुस हामीले वितरण गर्ने खालको वातावरण निर्माण गरौं । तमाम जुम्लाबासीहरु यस विषयमा सहमत हुनुहुन्छ भन्ने मलाई लाग्छ । उत्साहित पनि उत्तिकै हुनुहन्छ । म प्रदेश सरकारको तर्फबाट यो कार्यका निम्ति प्रतिवद्ध छु । अब म सम्भाव्यता अध्ययन र डीपीआर गरिने कार्य अगाडि बढाउने कुरामा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । स्याउ प्रशोधन कार्यको महत्ववोध गरेरै यो कार्यक्रमलाई अगाडि बढाउने प्रदेश सरकारको कार्ययोजना छ ।
सँगसँगै कोल्डस्टोरको कुरा पनि छ । स्पेसल स्याउकै निम्ति कोल्डस्टोरको पनि हामीले अध्ययन गरिहेका छौं । स्याउ किसान साथीहरु स्याउको छुट्टै कोल्डस्टोर चाहिन्छ भन्नुहन्छ । हामी बहुआयामिक प्रयोग हुने खालको कोल्डस्टोर बनाउने कि भन्ने पनि सोचिरहेका छौं । यहाँको आवश्यकता र यहाँको समस्या समाधान गर्ने हिसाबले पनि कोल्डस्टोरको व्यापक सम्भाव्यता अध्ययन गरौं ।
अहिले हाम्रा लागि ठूलाे समस्या भनेकाे विद्युत हाे । कर्णालीमा ठुलाे विद्युत परियोजना जरुरी छ । हामीले संघीय सरकारसँग याे विषयमा छलफल गरिरहेका छाैं । विद्युत प्राधिकरणसँग पनि छलफल भैरहेकाे छ । चाैँडै समस्या समाधान गर्न चाहन्छाैं । विद्युतकाे समस्या समाधान हुने बित्तिकै उत्पादनले तिव्रता पाउनेछ ।
अहिले डेढ करोड रुपियाँ जुम्लाको कोल्डस्टोरको निम्ति छुट्याएका छौं । त्यति पैसाले ठुलो खालको कोल्डस्टोर निर्माण त हुँदैन तर हामीले सम्भाव्यता अध्ययन, डीपीआर र केही सुरूवात गर्न सक्छौं । त्यो साझेदारीमै गर्नुपर्छ भन्ने हामीलाई लागेकाे छ ।
सरकार आफैले गरेर मात्र सफल हुँदैन । निजी क्षेत्र या सहकारी क्षेत्रसँग साझेदारी गरेर प्रदेश सरकारले कोल्डस्टोर निर्माणको योजना बनाएको छ । गत वर्ष पनि हाम्रो योजना थियो । अलि ढिलो भएकाले कार्यान्वयन हुन सकेन । यो वर्ष पनि कार्यक्रम राखेका छौं । यो कार्यक्रम एक वर्षमा मात्र पूर्ण हुँदैन । अब जुम्लाको आवश्यकतालाई सम्बोधन हुनेगरी हामीले कोल्डस्टोर निर्माण गर्नेछौं ।
यहाँका कलाकारले आफ्ना समस्या निकै रोचक ढंगले राख्नुभएको छ । यसले मेरो मन छोयाे । जनप्रतिनिधिले सिंचाइको कुरा मार्मिक ढंगले उठाइरहनु भएको छ । डाँडाकाडाहरुको जमिन सिंचाईको अभावले बाँझो छ । त्यहाँ हामीले स्याउ रोप्न सकेनौं भनेर किसानले भनिरहनु भएको छ । यो निकै सान्दर्भिक माग हो । हाम्रो मन्त्रालयले कृषिसँगै सिंचाइलाई लैजाने योजना बनाएको छ ।
आउँदाआँउदै बाटोमा तिला गाउँपलिका २ का वडा अध्यक्षसँग भेट भयो । उहाँको गाउँको जनसंख्या र खानलाउन पुग्ने कति भनी सोधेकी थिएँ । उहाँले आधा जतिलाई खान पुग्दैैन भन्नुभयो । खान नपुग्ने उहाँहरु छ महिना भारत गएर गुजारा चलाइरहनु भएको छ । यो हाम्राे विडम्बना हो । केही मान्छे तरकारी खेती गरेर पनि जिविका चलाइरहनु भएको छ । बढी उत्पादन, आत्मनिर्भरता र समृद्धिका लागि सिंचाइ प्रमुख समस्या रहेको छ । डाँडाकाडामा स्याउ फल्ने र बेसीमा तरकारी फलाउन मिल्ने गरी तयारी गर्ने योजना छ ।
साथै जुम्लामा सार्वजनिक जग्गा धेरै छ । एउटा स्कुलको नाममा मात्र ४० हजार हेक्टर जमिन भएको सुन्दा गर्वले छाति फुल्यो । यी सबै ठाउँमा स्याउ, ओखर फलाउन सक्यौं भने जुम्लाको मुहार फेरिने छ । म जुम्लाका डाँडाकाडा, पाखा, पखेरा सबै स्याउले ढाक्ने गरी स्याउखेती भएको हेर्न चाहन्छु ।
(कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसँग जुम्लामा महेश नेपालीले गरेको कुराकानीमा आधारित)