
भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य मंगलबार फेरि प्रतितोला ५०० रुपैयाले वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ। आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ। यसअघि तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो।
सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको देखिएको छ। नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धिभई ८९५ पुगेको छ।
पछिल्लो १५ दिनमा सुनको मूल्य चार पटक बढेको छ भने दुई पटक घटेको छ। सो अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ। भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० कायम भएको थियो।
साउन महीनाको शुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो। साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० ले वृद्धि भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले जनाएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५२७।१० अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो।
बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ। पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणागरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आकलन गरिएको छ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया