
धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन्।
गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन्।
गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए। “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, बस्नेतले भने, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दोरहेछ ।” स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताए। “यो कीराले दुई÷तीन दिनभित्रै धान काटेर सखाप पार्र्दारहेछ”, उनले भने,“धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने?”
गौरादह–६ को वीरबलचोकमा फौजी कीराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताए। किसानले लगाएको धान फौजी कीराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उनको भनाइ छ।
“दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्दोरहेछ”, अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने,“मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।”
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया