बुधबार, ०६ अगस्ट २०२५

इमरान खानको एक वर्षे कार्यकालमा पाकिस्तानी अर्थव्यवस्था ३९ वर्षकै सबैभन्दा खराब अवस्थामा

News Image
तस्बिरः एजेन्सी
• • •

पाकिस्तानमा इमरान खान सरकारको एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा पाकिस्तानको अर्थव्यवस्था विगत ३९ वर्षको सबैभन्दा खराब अवस्थामा पुगेको बताइएको छ।

त्यहाँको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार एक वर्षको अवधिमा पाकिस्तानको राज्यकोषीय घाटा ३४ खर्ब ४४ अर्ब पाकिस्तानी रुपैयाँ पुगेको छ।

पाकिस्तानको आर्थिक सर्वेक्षणका अनुसार, त्यहाँको वित्तीय घाटा सन् १९७९–८० पछि हालसम्मकै सबैभन्दा धेरै रहेको छ । राज्यकोषीय घाटा भनेको सरकारको आम्दानी र खर्चबीचको अन्तर हो।

पाकिस्तानी सरकारले राजस्व बढाउनका लागि गत महिना पेट्रोलको मूल्यमा ५.१५ पाकिस्तानी रुपैयाँ र डिजेलको मूल्य ५.६५ रुपैयाँ प्रतिलिटर बढाएको थियो।

यस वित्तीय वर्षको खर्च र राजस्व समेत सबै प्रमुख वित्तीय सूचकमा भारी गिरावट देखिएको छ । तथ्यांकका अनुसार, खर्च घटाउने इमरान सरकारको सबै प्रयास विफल प्रमाणित भयो र अार्थिक वर्षको पहिलो त्रैमासमा नै राजस्व संकलनमा भारी गिरावट देखिएको थियो । पाकिस्तानका पूर्व आर्थिक सल्लाहकार डा.अशफाक हसन खानका अनुसार, यति धेरै राज्यकोषीय घाटा कहिल्यैँ देखिएको थिएन।

पाकिस्तान आफ्नो देशको अर्थव्यवस्था सुधार गर्नका लागिपरेको छ । चीन र कतार समेत कयौँ देशले पाकिस्तानलाई बेलआउट प्याकेज दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मे महिनामा पाकिस्तानलाई ६ अर्ब डलर सहायता प्रदान गरेको थियो । यो वित्तीय वर्षमा मात्र पाकिस्तानलाई ९ अर्ब १० करोड डलर बराबरको सहायता प्राप्त भएको छ। एजेन्सी

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!