बुधबार, ०६ अगस्ट २०२५

चरा ठोक्किएपछि कतार एयरवेजको विमान काठमाडौंमा ग्राउन्डेड

News Image
तस्बिरः एजेन्सी
• • •

कतार एयरवेजको एउटा विमानमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड भएको छ।

कतारको दोहाबाट आइतबार बिहान काठमाडौं आइपुगेको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको हो।

विमानस्थलका अनुसार जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएको छ। इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको विमानस्थलले जनाएको छ।

आइतबार दिउँसो कतारबाट आउने प्राविधिक टोलीले विमानको प्राविधिक परीक्षण गरेपछि मात्रै जहाज उडाउने निश्चित हुनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!