बुधबार, ०६ अगस्ट २०२५

भारतको जीडीपी ६ वर्षयताकै सुस्त, पूर्व प्रधानमन्त्री मनमोहनको आरोप–मोदी जिम्मेवार

News Image
Agency
• • •

भारतको खस्किँदो जीडीपीलाई लिएर भारतका पूर्व प्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहले मोदी सरकाको नीति जिम्मेवार भएको आरोप लगाएका छन्।

सिंहले आफ्नो भनाई सार्वजनिक गर्दै भने, ‘हाम्रो अर्थव्यवस्था व्यक्तिद्धारा भएको गल्तीबाट माथि उठ्न सकेन। पहिले नोटबन्दी र लगत्तै जीएसटी लागु गर्ने हतारोका बीच विनिर्माण (म्यानुफेक्चरिङ) क्षेत्रको वृद्धि ०.६ प्रतिशतमा झर्न पुगेको छ। यो चिन्ताजनक अवस्था हो।’

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

उनले वर्तमान अवस्थामा भारतको अर्थतन्त्र निकै चिन्ताजनक परिस्थतिमा पुगेको र पछिल्लो चौमासिकमा जीडीपी वृद्धि दर ५ प्रतिशत मात्र रहेकोे बताए। उनले भने, ‘भारतको अर्थव्यवस्था निकै तिब्रगतिमा बढ्ने क्षमता राख्छ। तर, मोदी सरकारबाट भएको गल्तीका कारण आज मन्दीको अवस्था सिर्जना भएको छ।’

शुक्रबार सार्वजनिक जीडीपीको सूचांक ६ वर्षयताकै सुस्त हो। भारतीय रिजर्भ बैकले यस वर्ष भारतको जीडीपी ६ दशमलव ७ प्रतिशत हुन सक्ने भविष्यवाणी गरेको थियो। तर, म्यानुफेक्चरिङ ग्रोथमा आएको सुस्तताका कारण सरकारको उद्देश्य पूर्ति हुन नसक्ने आशंका गरिएको छ।

याे पनि पढ्नुहाेस।

‘तालिबान युद्ध’ लगभग अन्त्यतर्फ, अमेरिका र तालिबानबीच सम्झौंता सकारात्मक मोडमा

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!