एटीएमबाट रकम चोरी प्रकरण: तात्यो राष्ट्र बैक

बिएल
नेपालका बैकहरु ह्याकरको निसानामा परेपछि त्यसलाई रोकथाम गर्न राष्ट्र बैकले आकस्मिक बैठक बोलाएको छ।
 
शनिबार साँझ चिनियाँहरुले काठमाडौंका विभिन्न एटीएम बुथबाट डेढ करोड रकम चोरी गरेका थिए। अरुको डाटाबाट रकम चोरी गर्ने ५ चिनियाँ नागरिकलाई काठमाडाै‌ प्रहरीले पक्राउ गरेपछि पछिल्लो समय चिनियाँ ह्याकरको निसानामा नेपाली बैकहरु रहेको रहस्य खुलेको छ।
 
नेपाल राष्ट्र बैंकमा विभिन्न बैंकका प्रतिनिधिसहित सुरक्षा अधिकारीलाई बोलाएर राष्ट्र बैकले ह्याकरबाट जोगिने बारे छलफल गर्ने बुझिएको छ।
 
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले नेपाली बैंकलाई निशानामा पारेपछि थप सुरक्षा कसरी अपनाउने भन्ने विषयमा बैठक बस्न लागेको बताए। उनले भने– यस्ता अपराधिक गतिविधिले हाम्राे चासाे र चिन्ता बढाएकाे छ।
 
 
 
प्रकाशित मिति: : 2019-09-01 13:21:13

प्रतिकृया दिनुहोस्