कुमारीपाटीमा बाजेको सेकुवाको १२ औं शाखा सञ्चालनमा

तस्बिरः बिएल

लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १२ औं शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ।

बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाका अनुसार बाजेको भेन्चर प्रालिले फ्रेन्चाइज मोडलमा विस्तार अनुसार कुमारीपाटीमा बुधबारबाट नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

शाखामा प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानी रहेको छ। रेस्टुरेन्ट सञ्चालन गर्न ५० देखि ८० लाख रुपैयाँ प्रारम्भिक लगानी आवश्यक पर्छ। नयाँ शाखामा कम्तिमा पनि २० जनाले रोजगारी पाएका छन्।

यसअघि काठमाडौं उपत्यकासँगै पोखरा, भरतपुर, र बुटवलमा फ्रेन्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्यूयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ।

अमेरिकाकै डालासका लागि पनि सम्झौता अन्तिम चरणमा पुगेको र अष्ट्रेलिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेशन प्रमुख तिमल्सिनाले बताए।

नेपालमा थप जनकपुर, नेपालगञ्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा तयारी भइरहेको जनाइएको छ।

फ्रेन्चाइज मोडलको रेष्टुरेन्टमा बाजेका भेन्चर प्रालिको शर्त अनुसार तोकिएको फ्रेञ्चाइज शुल्क र मासिक व्यापारको केही प्रतिशत रोयल्टी तिर्ने सहमतिमा बाजेको सेकुवा ब्राण्डको रेष्टुरेन्ट सञ्चालनका लागि स्वीकृति दिने गरेको छ।

काठमाडौंको सिंनामंगलबाट ४० वर्षअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन वटा आउटलेटसहित ११ वटा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन्।

यीमध्ये अनामनगर, सोह्रखुट्टे, गैरीधारा र बत्तिसपुतलीमा सबै लागनी कम्पनीका प्रवन्धकको आफ्नै छ भने बाँकी फ्रेन्चाइज हुन्।

प्रकाशित मिति: : 2019-08-31 07:43:31

प्रतिकृया दिनुहोस्