व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेर सरकार चल्न सक्दैन– अर्थमन्त्री डा. खतिवडा (भिडियो सहित)

तस्बिरः बिएल

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेर सरकार चल्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यामान चुनौती तथा अवसर विषयक कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजश्व संकलनका नाममा सरकारले उद्योगी व्यवसायीलाई समस्यामा नपार्ने बताए। बदनियत पूर्ण कर छली गर्ने कसैलाई नछाडिने भन्दै उनले राजश्व छलिका घटनामा हुने जेल सजायलाई कम गर्न सकिने उल्लेख गरे।

संसार भर ठूला कर छलीमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, कलाकार र खेलाडीलाई समेत जेल हालेर सुशासनमैत्री बनाइएको उनले बताए। अर्थमन्त्री खतिवडाले एक हजार भन्दा बढी भुक्तानीमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गरिएको विषयमा आवश्यक संसोधनका लागि छलफल अघि बढेको जानकारी दिए।

उनले कर्जा प्रवाह गरिसकेपछि पटक पटक ब्याज बढाउने बैंकर्स प्रति आक्रोश व्यक्त गरे। अटो कर्जामा लिएको लोन एक वर्षमा थप १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएको गुनासो आएपछि अर्थमन्त्रीले आक्रोस व्यक्त गरे। उनले यस विषयमा सचेत हुन बैंकहरूलाई निर्देशन पनि दिए।

प्रकाशित मिति: : 2019-08-30 14:51:10

प्रतिकृया दिनुहोस्