यतीले २५ सयमा पोखरा-भरतपुर उडान गर्ने

बीएल

यती एयरलायन्सले आगामी आइतबारदेखि पोखराबाट भरतपुर सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ।

दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।

एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११:३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ। यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उनले जानकारी दिए।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो। पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो।

एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिए। भरतपुर–पोखरा हाल बुद्ध एयरले उडान भर्दै आएको छ। सो एयरलायन्सले एकतर्फी भाडा तीन हजार ८०० लिने गरेको छ।

यती एयरलायन्सले हाल भरतपुर–काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ।

प्रकाशित मिति: : 2019-08-29 19:57:53

प्रतिकृया दिनुहोस्