
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन्।
मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने समेत बताए। सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने उनको भनाई छ।
९० प्रतिशत परम्परागत इन्धन(डिजलरपेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए। १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुने तर्क गरे। गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उनले बताए।
१४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए। १५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन्।
मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहेका छन्। नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया