भारतीय धनाढ्य मुकेशको बार्षिक सुविधा १५ करोड

Agency

भारतका सबैभन्दा धनाढ्य तथा रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले ११ वर्षदेखि आफ्नो तलब भत्तालगायत अन्य सुविधा नबढाएको जानकारी भारतीय अखबारहरूले दिएका छन्।

सन् २००८–०९ देखि उनको तलब, भत्ता लगायत अन्य सुविधा बढेको छैन। उनको प्याकेजमा बार्षिक रूपमा १५ करोड भारतीय रुपैयाँ प्राप्त गर्दै आइरहेका छन्।

कम्पनीको बार्षिक रिपोर्टमा उदाहरणको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यले मुकेशले आफ्नो तलब नबढाएको बताइएको छ।

मुकेशले तलब र भत्ताको रुपमा बर्षमा ४ करोड ४५ लाख रुपैयाँ पाउने गरेका छन्। उनलाई कम्पनीले कमिसनबापत ९ करोड ५३ लाख, अतिरिक्त सुविधाबापत ३१ लाख र रिटायरमेन्ट सुविधाबापत ७१ लाख गरेर कूल १५ करोड दिँदै आएको छ।

कम्पनीको रिपोर्टअनुसार मुकेशभन्दा उनको आफन्त निखिल र हितल मेसवानीले प्याकेजमा बढी रकम खाने गर्छन्। उनीहरूको बार्षिक आम्दानी २० करोड ५७ लाख रुपैयाँ छ। २०१७–१८ मा उनीहरू १६ करोड ५८ लाख खादँै आइरहेका थिए।

मुकेशकी श्रीमति तथा गैर–कार्यकारी निर्देशक निता अम्बानीले मिटिङमा उपस्थिति जनाए बापत ७ लाख रुपैयाँ र कमिशन बापत १ करोड ६५ लाख रुपैयाँ पाउने गरेकी छिन्।

प्रकाशित मिति: : 2019-07-20 22:13:54

प्रतिकृया दिनुहोस्