मेरिएट होटल अब काठमाडौंमा पनि

‘काठमाडौं मेरिएट होटल’

काठमाडौं । विश्वका ६५ देशमा ५ सय बढी होटल र रिसोर्ट सञ्चालनमा ल्याइसकेको मेरिएटले नेपालमा सुविधा सम्पन्न होटल सञ्चालमा ल्याएको छ।

काठमाडौंको नक्सालमा ‘काठमाडौं मेरिएट होटल’ औपचारिक रूपमा सञ्चालनमा आएको हो। यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यूसमेत भएको छ।

आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको होटलले पछिल्लो पीढीका यात्रुहरूलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्ने दाबी होटलले गरेको छ।

‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं। सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ। हाम्रो होटलले काठमाडौंमा अतिथिलाई उत्कृष्ट बसोबासका साथै अतिथिको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्छ’, मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, ‘व्यवसायीक यात्रुहरु र फुर्सदीलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै विश्व सम्पदा सूचीमा रहेका साइटमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन्।’

होटलमा प्रवेश गरेपछि अतिथिले देशको संस्कृति झल्किने कलात्मक चित्रहरु देख्न सक्नेछन्। होटलको सिलिङमा ५ सय केजीको घण्टी झुन्ड्याइएको छ भने स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाइएको छ। होटलको प्याटर्न्ड कार्पेट ढाकाको बुट्टाहरुजस्तै छ।

२१४ वटा कोठा रहेको यहाँबाट अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन्। होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले अन्तर्राष्ट्रिय र स्थानीय अतिथिलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता जनाए।

बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्छ।

‘काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ। हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं,’ काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, ‘हाम्रो विशेष ४ डाइनिङ स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ।’

अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिङ अनुभव छनोट गर्न सक्छन् जसमा अल डे डाइनिङ रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ।

एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाइ, जापानीज र चाइनिज भोजन पेश गर्दछ जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ।

एसियन विशेषता भएको रेष्टुरेन्ट हो– एडमामी। जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ। यसमा विशेष 'याकिटोरी स्टेसन' छ। म्यूजिक बार हो– रक्सी। जसले स्थानीय सामग्रीको 'ह्यान्ड ड्राफ्टेड ककटेल' पेश गर्दछ र जाज् म्यूजिक सेसन आयोजना गर्दछ।

बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउँसोको कफी ब्रेकका लागि काठमाडौं बेकिङ किचन छ। ७४० स्क्वायर मिटर बढी क्षेत्रफल भएको ब्याङ्क्वेट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फ्रेन्स र बैठकका लागि आधुनिक प्रविधियुक्त होटल हो।

एम–क्लबबाट हिमालयन पर्वतको दृश्य देखिन्छ। जुन २४ सै घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान रहेको होटलको दावी छ।

अतिथिको स्वास्थ्यका सवालमा पनि होटलले ध्यान दिएको छ। यहाँ ४ वटा ट्रिट्मेन्ट कोठाहरु छन्। जहाँ दिमाग र शरीरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ। होटलमा स्वीमिङ पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर छ।

यात्रीहरुले होटलबाट केहि पैदलको दुरिमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, पुनः कफि खान, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन्।

यस बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरिमा रहेको छ ।

प्रकाशित मिति: : 2019-07-19 14:19:00

प्रतिकृया दिनुहोस्