एकल महिलाहरुको हाट बजार

तस्बिरः बिएल

 

काठमाडौं । स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै महिलाका लागि रोजगारी सिर्जना गर्न भन्दै मानव अधिकारको लागि महिला, एकल महिला समूहले हाट बजार सञ्चालनमा ल्याएको छ।

बुढानिलकण्ठ नगरपालिकाका महिला तथा एकल महिलाले बनाएका हस्तकलाका सामान, अर्गानिक तरकारी, अचार, झोल सावुन, हार्पिक, किचेन सेट, डायनिङ सेटहरु, विभिन्न किसिमका पोतेका सामाग्रीलगायत बजारमा राखिने छ।

स्थानीय उत्पादनलाई बजारीकरण गरि आर्थिक गतिविधिका साथै रोजगारी बढाएर महिलाको आर्थिक अवस्थामा सहयोग पुर्‍याउन हाट बजार आयोजना गरिएको संस्थापक अध्ययक्ष लिलि थापाले बताइन्। 

हाट बजार प्रत्येक महिनाको अन्तिम शुक्रबार दिउँसो १ बजेदेखि ५ बजेसम्म हात्तीगौडास्थित छहारी भवनको प्रांगढमा लाग्ने गरेको छ।

प्रकाशित मिति: : 2019-07-17 12:11:50

प्रतिकृया दिनुहोस्