लुम्बिनी विकास बैकले गर्यो संसारी मन्दिरमा सरसफाई

तस्बिरः बिएल

 

लुम्बिनी विकास बैक रंगेली शाखाले आइतबार रंगेलीका मठ– मन्दिरहरूको सरसफाई गरेको छ।

शाखा स्थापनाको १० औं वर्ष प्रवेशको अवसरमा बैकले काली मन्दिर र संसारी माईस्थान मन्दिरको प्राङ्गणमा सरसफाई गरेको हो।

सरसफाई अगाडि बैकले प्रभातफेरीको आयोजना पनि गरेको थियो। बैक कर्मचारीहरूले प्ले–कार्ड बोकेर र्याली निकालेका थिए। उनीहरूले रंगेली बजार, बसपार्कलगायत क्षेत्रको परिक्रमा गरी मन्दिरको सरसफाई गरेका थिए।

यस अवसरमा रंगेली नगरपालिका उपमेयर केशव कुमारी खराल, लुम्बिनी विकास बैकका सहायक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डे, बजार व्यवस्थापक प्रमुख दिपक खनाल, रंगेली शाखा प्रमुख दुर्गेश रौनियार,नेकपा जिल्ला सदस्य मनोज अग्रवाल, नेपाली कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डल, राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष बजरङ्ग अग्रवाल, सामुदायीक सेवा केन्द्र रंगेलीका अध्यक्ष मछिन्द्र बहादुर कटुवाल लगायतको सहभागिता थियो।

लुम्बिनी विकास बैकका सहायक कार्यकारी प्रमुख अधिकृत पाण्डेले ४० प्रतिशत नेपालीहरू अझै बैकिङ्ग पहुचबाहिर रहेकाले अहिले नेपाल राष्ट्र बैकले वित्तीय साक्षरतालाई बढी जोड दिएको बताए।

रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागि बैकिङ्ग कारोबार सुरक्षित भएकाले सामाजिक उत्तरदायित्व सहित आम नगरवासीसहितको सहभागितामा सरसफाई कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति: : 2019-06-30 14:56:45

प्रतिकृया दिनुहोस्