सरकार भन्छ- उखु किसानलाई प्रमोट गर्ने, तर नवलपरासीमा किसानको उखु खेतमै सुक्यो

तस्बिरः बिएल

सरकारले उखु किसानलाई राहत दिने भन्दै प्रचार प्रसार गरिरहेका बेला नवलपसारीको किसानको ब्यथा भने अर्के छ।

जिल्लामा सञ्चालित चिनी उद्योग बन्द भएपछि किसानको करोडौं मूल्य बराबरको उखु खेतमै सुकेको छ।

जिल्लामा भएका तीन वटा चिनी मिल बन्द भएपछि किसानको उखु खेतमै कुइएको हो।

नवलपरासीस्थित लुम्बिनी चिनी मिल, बागमती चिनी मिल र इन्दिरा चिनी मिल बन्द छन्।

लुम्बिनी चिनी उद्योग करिब २ महिनादेखि बन्द छ भने बाग्मती र इन्दिरा चिनी उद्योग पनि बन्द भएको केही समय भइसकेको छ।

सरकारले उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रूपैयाँ तोकेको छ। जिल्लामा रहेका मिल बन्द भएपछि आफूहरू निकै मर्कामा परेको स्थानीय गोरख शहानीले बताए। ‘हाम्रो उखु खेतमै कुईयो, अब हामीलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ। होइन भने हाम्रो अवस्ता निकै नाजुक हुनेछ’, स्थानीय शहानीले बीएल नेपालीसँग भने।

यता मिल ब्यवसायीले भने मेसिन बिग्रेर उद्योग बन्द गर्नुपरेको दाबी गरेका छन्। सुकेका उखु खरिद गर्दा लागत उनठ्ने भन्दै किसानको उखु किन्न नसकेको बाग्मती चिनी मिलका महाप्रवन्धक टंकनाथ काफ्लेले भने।

प्रकाशित मिति: : 2019-05-31 12:42:36

प्रतिकृया दिनुहोस्