अमेरिकी इन्भेष्टमेन्ट फण्डमा महिलाको सहभागिता ३ प्रतिशत मात्र

अर्बपति उद्यमी वारेन बफेटले महिलालाई पनि लगानीको क्षेत्रमा महत्व दिनु पर्ने बताएका छन्। उनले ओमाहामा भएको आफ्नो कम्पनी बेर्कसायर हाथवे अम्पायरको शेयरधनीहरूको वार्षिक बैठकमा भाग लिन पुगेका थिए। वित्तिय क्षेत्रमा काम गर्ने महिला उद्यमीले आयोजना गरेको बैठकमा उनी बिना कुनै सूचना पुगेका थिए।
कार्यक्रममा वित्तिय क्षेत्रमा व्याप्त असमानतालाई कसरी कम गर्ने भन्ने विषयमा चर्चा भएको थियो।
रियन्ट पर्सपेक्टिभले सार्वजनिक गरेको एउटा रिपोर्टमा अमेरिकाको इन्भेष्टमेन्ट फण्डमा महिलाको सहभागिता ३ प्रतिशत मात्र भएको बताइएको छ। बफेटले वित्तिय क्षेत्रमा महिलाको सहभागितालाई धेरै अगाडि देखि महत्व दिनु पर्ने तर नपाएको बताए।
उनले आफूसँग सहयोग माग्न आउने जो कोहीलाई आफूले सहयोग गरेको, त्यसमा महिला र पुरुष भनेर भेदभाव नगरिएको स्पष्ट पारे।
उनले स्टक मार्केटलाई पनि लगानी महिलाले गरेको हो कि पुरुषले, यस विषयमा चासो नभएको बताए।
आफ्नो छुट्टै कम्पनी सुरु गरेकी महिला उद्यमी लौरा रिट्टेनहाउसले अमेरिकामा ६० प्रतिशत सम्पत्ति महिलासँग भएको बताइन्। तर, लगानीको रेखदेखका लागि महिला व्यवस्थापकको समस्या भएको बताइन्।
सातामा दुई पल्ट प्रकाशित हुने इन्वेस्टेड प्राक्टिस पत्रिकाकी संस्थापक डेनियल टाउनले महिलाहरू सफल वित्तिय व्यवस्थापक भएपनि यस क्षेत्रमा उनीहरूको उच्च भूमिका नगन्य मात्रामा रहेको बताइन्।

 

प्रकाशित मिति: : 2019-05-05 15:33:51

प्रतिकृया दिनुहोस्