हरेक नेपालीको टाउकोमा ३१,७५० रुपैयाँ ऋण: ७,०४३ रुपैयाँ ओली सरकारको देन

ठुलाले चैन गर्दा सानालाई पनि बढ्यो ऋण । सिम्बोलिक स्केच

नेपालमा धनी महाधनी हुने क्रम जारी छ भने देश चाँहि दिनानुदिन ऋणमा डुब्दै गएको छ। 

सुन्दा अपत्यारिलो लाग्छ, तर यो सत्य हो कि नेपाल यतिबेला नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ ऋणमा छ। यसमा आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

यो कुनै मिथ्यांक हैन,  नेपालको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित तथ्यांक हो। 

यो तथ्यांकलाई आधार मान्दा अहिले प्रत्येक नेपालीलाई औसत ३१ हजार सात सय ५० रुपैयाँ ऋण लागेको छ। यो नेपालको अहिलेको दुई करोड ८८ लाख २९ हजार  जनसंख्यालाई दामासाहीले बाँढ्दा भाग लागेको ऋण हो।

सरकार एकातिर समृद्ध नेपाल सुखी नेपालीको नारा लगाइरहेको छ भने यतिबेलै नेपाललाई थप ऋणमा डुबाउँदै गएको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार यस वर्ष मात्र नेपालको ऋण गत वर्षको तुलनामा प्रतिव्यक्ति सात हजार ४३ रुपैयाँले बढेको छ। यो गत वर्षको भन्दा एक तिहाइले बढी हो। 

 

प्रकाशित मिति: : 2019-04-13 02:18:08

प्रतिकृया दिनुहोस्