‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन

Dhaka Tribune

बङ्गलादेशको दोस्रो ठूलो विमानस्थल चटगाउँ विमानस्थलमा २३ किलो सुन बरामद भएको छ। सुन दुबईबाट आएको विमान बङ्गलादेशको’ शौचालयमा वेवारिसे अवस्थामा पाइएको हो।

'हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्का बरामद गरेका छौँ। सुनसँग कुनै व्यक्ति पनि पक्राउ गरिएको छैन, अनुसन्धान जारी छ', एक भन्सार अधिकारीले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन्।

दुबईबाट आएको विमान स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चटगाउँ विमानस्थलमा अवतरण भएको थियो।अधिकारीका अनुसार उक्त सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश करोड टाका) बराबर रहेको छ।

प्रकाशित मिति: : 2019-04-09 00:54:55

प्रतिकृया दिनुहोस्