ऋषि कपुरले जब न्युयोर्कमा जुत्ताको मूल्य सुनेर भने ‘बौला’

Agency

अमेरिकामा क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता ऋषि कपुर जुत्तालाई लिएर गरेको एउटा ट्वीटका कारण चर्चामा छन्। लामो समयदेखि अमेरिकामा क्यान्सरको उपचार गराइरहेका ऋषि यसै साता न्युयोर्कमा घुम्न निस्किएका थिए। उनी जुत्ताको एउटा स्टोरमा पुग्दा जुत्ताको मूल्य सुनेर चकित परे। यसपछि उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखे, ‘जुत्ता सुनको होस् वा चाँदीको। लगाउने त खुट्टैमा हो। बौला’

वास्तवमा उनी पुगेको स्टोरमा १२ हजार जुत्ताको मोडल थियो। जसमा जुत्ताको मूल्य ५ हजार डलरदेखि ४० हजार डलरसम्म पर्थे।

उनी जुत्ताको मोडलभन्दा पनि यसको मूल्य हेरेर चकित परेका थिए। उनको ट्वीटमा धेरैले कमेन्ट गरेका छन्।

 

प्रकाशित मिति: : 2019-07-01 12:59:03

प्रतिकृया दिनुहोस्