बलिउड अभिनेत्री अमिषाविरूद्ध अढाई करोड ठगीको मुद्धा

तस्बिरः बिएल

बलिउड अभिनेत्री अमिषा पटेलमाथि २ करोड ५० लाख ठगीको मुद्धा परेको छ। ‘फेमेली अफ ठाकुरगञ्ज’ फिल्मका निर्देशक अजयकुमार सिंहले अमिषामाथि ठगीको आरोप लगाएका हुन्।

अजयका अनुसार अमिषाले ‘देशी म्याजिक’ का लागि उनीसँग अढाई करोड रुपैयाँ उद्यारो लिएकी थिइन।

तर, एक वर्ष बितिसक्दा पनि उनले पैसा नफर्काएपछि आफूले राचीको अदालतमा मुद्धा दायर गरेको बताएका छन्।

अमिषाविरूद्ध दायर मुद्धाको पहिलो पेशी जुलाईमा हुने भारतीय मिडियाहरूले बताएका छन्।

अमिषा सम्पर्कबाहिर बस्न थालेपछि आफूले बाध्य भएर मुद्धा दायर गरेको बताएका छन्।

 

प्रकाशित मिति: : 2019-06-30 18:24:53

प्रतिकृया दिनुहोस्