शाहरुखकी छोरीको स्नातक पुरा, अब फिल्म खेल्लिन्?

Agency

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहानाले लन्डनको आर्डिङ्ली कलेजबाट स्नातक पुरा गरेकी छिन्। आमा गौरी खानले छोरीको स्नातकको पढाई पुरा भएको जानकारी दिँदै भनिन्, ‘छोरी आधिकारीक रुपमा ग्रेजुएट भइन्। उनलाई कलेजको तर्फबाट सम्मानित गरिएको छ।’

सुहाना कलेजको सांस्कृतिक कार्यक्रममा पनि भाग लिने गर्थिन्। उनलाई कलेजले एउटा ट्रफी प्रदान गरेको थियो। सुहानाको ‘ग्रेजुएसन’ कार्यक्रममा बुवा शाहरुख र आमा गौरी पनि उपस्थित थिए।

शाहरुखले गौरी र सुहानासँगको फोटो शेयर गर्दै लेखेका छन्, ‘चार वर्ष बितिसकेछ। आर्डिङ्लीबाट ग्रेजुएट भइन्। अन्तिम पिज्जा, अन्तिम ट्रेनको भ्रमण...वास्तविक जीवनमा पहिलो पाइला...स्कुल समाप्त भयो...अध्ययन गर्ने पक्रिया समाप्त भएको छैन।’

सुहाना पनि आफ्नो बुवा जस्तै हिन्दी फिल्ममा काम गर्न चाहन्छिन्। शाहरुखले पनि एउटा अन्तर्वार्तामा आफ्नो छोरीलाई फिल्म खेल्ने शौख भएको बताएका थिए। तर, उनले यसका लागि छोरीले पढाई पुरा गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2019-06-29 17:04:18

प्रतिकृया दिनुहोस्