१६ वर्षमा बीपीले लेखेको हिन्दीको बेजोड साहित्य

बिएल

फिनल्यान्डकी नागरिक मिरिया मल्लिक सन् १९८६ मा पिएचडीका लागि भारतको जयपुर आउँदा उनको भेट केही नेपालीस“ग भएको थियो।

त्यतिबेला जयपुरमै पढिरहेका नेपाली ‘रणजीत मल्ल’ को नाटक गरिरहेका थिए। कलाकारको कमीले गर्दा उनले त्यो नाटकमा काम गर्ने मौका पनि पाइन्।

उनलाई त्यतिबेलै लागेको रहेछ, नेपाली समाज निकै सहिष्णु छ । त्यसैले उनी नेपाल आउन चाहन्थिन्। तर, कार्यव्यवस्तताका कारण मौका जुरेन्। पिएचडी सकेर घर फर्किहालिन् ।
यसअवधिमा उनी केही बर्ष स्वीडेन बसिन्। पछि डेनमार्क हुँदै सन् २००६ मा नर्डिक सेन्टरको प्रमुख बनेर फेरि भारत फर्किइन्। यतिबेला भने उनलाई नेपाल आउने मौका जुर्यो ।

सन् २००७ मा पहिलो पल्ट काठमाडौं आउँदा हिन्दु र बौद्धको मन्दिर सँगै बनेको देखेर उनलाई विश्वास भएछ, वास्तवमै नेपाली समाज तोड्नेभन्दा जोड्ने रहेछ ।

भारत बस्दा अक्सर उनी नेपाली नेता, त्यसमा पनि बीपी कोइरालाको नाम सुनिरहन्थिन्। त्यसमा पनि जब उनी बनारसमा इनलानसो (सेन्टर फर द स्टडी अफ इन्डियन ल्याङ्वेजेज एन्ड सोसाइटी) को ‘एकेडेमिक डाइरेक्टर’ बनिन्, त्यसपछि उनलाई थाहा भयो– बीपी नेपालका राजनीतिज्ञ मात्र थिएनन्, उत्कृष्ट साहित्यकार पनि।

उनलाई यसपछि लागेछ– बीपीको राजनीतिक जीवनको विषयमा भारतमा चर्चा परिचर्चा त धेरै हुन्छ तर साहित्यको विषयमा खासै हुदैन। किन उनको साहित्यको विषयमा सोध नगर्ने†

यस विषयमा उनले बनारसमै केही पुराना व्यक्तिसँग सोधखोज सुरु गरिन्। यसैक्रममा उनलाई आश्चर्य पार्ने अर्को तथ्य फेला पर्यो। त्यो के भन्दा, बिपीले नेपाली भाषामा कलम चलाउनुअघि हिन्दी भाषामा थुप्रै कथा–कविता लेखेका रहेछन्।

मिरिया विगत ७ बर्षदेखि बीपीको हिन्दी साहित्यमाथि सोध गरिरहेकी छिन्। यसअवधिमा उनी बनारसदेखि कोलकाता, इलाहाबाद, पटना हु“दै नेपाल पनि आएकी छिन्।

उनले हालसम्म बीपीले लेखेको ७ वटा फुटकर कथा फेला पारिसकेकी छिन्। यसमा इलाहाबादमा फेला परेको ‘वाह“’ कथाबाट उनी यति प्रभावित छिन्। यसलाई उनी विश्वकै उत्कृष्ट फुटकर कथा मान्छिन् ।

बीपीले यो कथा आफू १६ बर्ष हुँदा लेखेका थिए । ‘१६ बर्षमा यति सशक्त छोटो कथा यति दार्शनीक चिन्तनसहित लेखिएको छ । मलाई लाग्छ, यस्तो कथा हेन्स हेन्र्डसनले मात्र लेख्थे ।’

बीपीको हिन्दी साहित्य भारतका महान साहित्यकार मुन्सी प्रेमचन्दले बनारसबाट प्रकाशित गर्ने ‘हंस’ पत्रिकामा मात्र होइन, रामानन्द चटर्जीको सम्पादनमा कोलकाताबाट प्रकाशित हुने ‘मोर्डन रिभ्यु’ तथा बनारसीदास चतुर्वेदीको सम्पादनमा ‘विशाल भारत’ मा पनि प्रकाशित हुने गथ्र्यो।

‘बीपीले हिन्दीमा कति लेख्नुभयो कसैस“ग यथेष्ट प्रमाण छैन। मैले ६ वटा फेला पारेको छु। अझै खोजी कार्य जारी छ’, ६० बर्षिय मिरिया भन्छिन्।

बीपीले समाजवादी नेता तथा पत्रकार भोला चटर्जीलाई दिएको अन्तर्वार्तामा सन् १९२९ देखि प्रेमचन्दस“ग संगत भएको बताएका थिए। र, प्रेमचन्दले नै आफ्नो पत्रिका ‘हंस’ मा बीपीको लेखमा केही संसोधन गरेर छापिदिने गर्थे।

मिरिया बीपीको साहित्यिक अनुराग बढाउन प्रेमचन्द, समालोचक शान्तिप्रिया द्धिवेदी, जयशंकर प्रसाद, बनारस हिन्दु विश्वविद्यालय कला संस्थानका निर्देशक रामकृष्ण दास, बनारसीदास चतुर्वेदी, रामानन्द चटर्जीजस्ता साहित्यकारको ठूलो देन रहेको बताउ“छिन । तर, साहित्य लेखनमा जुन किसिमको शब्द चयन र कल्पनाशीलता छ, त्यो बीपीको जन्मजात गुण भएको उनी बताउँछिन् ।

उदाहरणको रुपमा उनी १६ बर्षको उमेरमा बीपीले लेखेको ‘वहा“’ कथालाई लिन्छिन् । भन्छिन– ‘एउटा सानो बच्चा आफ्नो आमालाई तारा के हो ? भनेर सोधिरहेछ । ऊ आमालाई मृत्युको विषयमा सोधिरहेको छ । मनोविज्ञानको कुरा गरिरहेको छ । यसमा दार्शनीक चिन्तन पनि देखिन्छ । र, ऊ समाधान पनि दिन्छ–जब आमा सुत्छे । अनि कसैलाई थाहा नदिई सुटुक्क प्वाँख लगाएर उडेर तारामा जान्छु ।’

उनी रुसी साहित्यकार एन्तोन चेखोबबाट बीपी प्रभावित भए पनि लेखनमा तुर्गेनेभ र मेक्सिम गोर्कीजस्तै मिठास पाइने बताउँछिन् ।

भन्छिन– ‘प्रेमचन्द सवैभन्दा बढी प्रभावित मेक्सिम गोर्कीबाट थिए । त्यहीबाट बीपीमा सरेको पनि हुन सक्छ ।’

उनी बीपीको लेखनमा छोटो बाक्य, मिठो भाषा, त्यो पनि बोलचालको हुने हुँदा निकै सशक्त अनुभूत हुने बताउँछिन् ।

सानैदेखि दुःख र कस्टमा हुर्किएको कारण पनि बीपीको लेखनमा मनोविज्ञानको प्रचुर प्रयोग भएको हुन सक्ने मिरियाको ठम्याई छ । नेपालजस्तो रुढीवादी समाजमा त्यतिबेलै यौनको विषय उठान गरेका बीपीलाई उनी साहसी साहित्यकार पनि भन्न रुचाउँछिन्।

‘यौनकै कुरा लेख्दा बंगलादेशी लेखिका तसलीमा नासरिनलाई फत्वा जारी भयो । अर्का लेखक सलमान रुस्दी भारत आउन सक्दैनन् । तर मान्नुपर्छ नेपाली समाजलाई, ६०–७० बर्ष अगाडि बीपीले धर्मभिरु र यौनमाथि चलाएको कलमलाई स्विकार गरे । हिन्दीमा नै त्यो साहित्य प्रकाशित भएको भए सायद उनको हालत पनि तसलीमा र रुस्दी जस्तै हुन्थ्यो ।’

अर्को छोटो कथा ‘बम्बईकी प्रति’ लाई मिरिया बीपीको राजनीतिक ब्यंगको रुपमा लिन्छिन । भन्छिन– ‘बीपी प्रयोगकर्ता मात्र होइनन् । त्यसको समाधान पनि दिन सक्ने साहित्यकार हुन् ।’

बीपीले हिन्दीमा लेखेको कथाबाट नेपाली भाषाका समालोचक सूर्यविक्रम ज्ञावली यति प्रभावित थिए । उनले बनारसमा बीपीलाई चिट्ठी पठाउँदै नेपाली भाषामा लेख्न आग्रह गरेका थिए । त्यसपछि बीपीले सन् १९३५ तिर नेपाली भाषामा कथा लेख्न थाले । मिरियाको निस्कर्ष छ– ‘बीपीको हिन्दी लेखन पनि जबरदस्त थियो । उनले हिन्दीमै लेखिरहेको भए उनी अहिले भारतमा कहलिएका लेखक हुन्थे ।’ त्यसैले उनी अहिले बीपीको हिन्दी साहित्यलाई संसारभरी फैलाउने अभियानमा छिन् । हेरौ, यसमा उनी कति सफल हुन्छिन्।

प्रकाशित मिति: : 2019-06-22 10:10:18

प्रतिकृया दिनुहोस्