अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहाँले टर्कीमा गरिन विवाह

Agency

तृणमूल कांग्रेसबाट भर्खरै लोकसभा निर्वाचन जितेकी बंगाली फिल्म अभिनेत्री नुसरत जहाँ वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले बुधबार टर्कीमा कोलकाताका एक व्यापारी निखिल जैनसँग विवाह गरेको भारतीय अखबारले जनाएका छन्।

विवाहकै कारण उनी सांसदको सपथग्रहण कार्यक्रममा अनुपस्थित थिइन। उनले ट्वीटर अकाउन्टबाट विवाहको फोटो सार्वजनिक गरेकी छिन्। विवाह हिन्दु परम्पराअनुसार भएको थियो।

नुसरत जहाँको विवाह टर्कीको बोडरम शहरमा भएको थियो। यो शहर मुगला राज्यमा पर्छ। विवाहमा भाग लिन उनको परिवार र साथीभाई पहिले ने टर्की पुगेका थिए। २९ वर्षिय नुसरतले बसिरहाट सिटबाट साढे तीन लाखभन्दा बढी भोट ल्याएर चुनाव जितेकी थिइन।

नुसरत बंगाली फिल्ममा कहलिएकी अभिनेत्री हुन्।

उनले विवाह गरेका निखिल कोलकाताका नामुद टेक्सटाइल व्यपारी हुन्।

 

प्रकाशित मिति: : 2019-06-20 17:10:48

प्रतिकृया दिनुहोस्