रितिक–कंगना विवादमा बहिनी सुनैना अगाडि, पूर्व श्रीमति सुजेनले भनिन्,‘उनको दिमाग ठिक छैन’

Agency

अभिनेता रितिक रोशन र कंगना रनौतबीचको विवाद टुँगोमा पुग्नुको सट्टा झन् बढ्न थालेको छ। रितिककी बहिनी सुनैनाले यी दुई बीचको झगडामा दाजुको सट्टा कंगनाको पक्ष लिएपछि विवाद झन् चर्किएको हो।

रितिक बहिनी सुनैनाले केही समयअगाडि मनोरञ्जनात्मक वेभसाइटलाई दिएको अन्तर्वार्तामा न्याय माग्नु कंगनाको अधिकार भएको भन्दै हावा नहल्ली पात नहल्लिने बताएकी छिन्।
उनले आफ्नो दाजुसँग कंगनाको आरोपलाई झुटो ठहर गर्ने कुनै प्रमाण भए पेश गर्न पनि अनुरोध गरेकी छिन्।

कंगनासँग आफ्नो गहिरो मित्रवत सम्बन्ध रहेको तर दाजुको कारण दुवैबीच बोलिचाली बन्द भएको जानकारी दिइन्।

उनले आफू मस्लिम केटाको प्रेममा रहेको बेला बुवा राकेश रोशनले कुटपीट गरेको खुलासा पनि गरिन्। बुवाले आतंकवादीसँग प्रेम गरेको भन्दै आफूलाई गाली गरेको उनको भनाई थियो।

रितिकको मुद्धामा घर परिवारको कुरा बाहिर छताछुल्ल गरेपछि रितिककी पहिलो श्रीमति सुजैनले आफ्नो पूर्व नन्दको दिमागको हालत ठिक नभएको प्रतिक्रिया दिएकी छिन्। सुजैनले कुनै बेला आफूपनि त्यही घरको हिस्सा भएको र पूर्व ससुरा बिरामी परेको अवस्थामा उनलाई विवादमा तान्नु ठिक नभएको उनले बताएकी छिन्।

रितिक र सुजैन सानैदेखिका साथी हुन् भने उनीहरूले सन् २००० मा बिहे गरेका थिए। आपसी मतभेदका बीच उनीहरूको २०१४ मा पारपाचुके भएको थियो।

प्रकाशित मिति: : 2019-06-20 15:20:48

प्रतिकृया दिनुहोस्