सन्नीलाई पहिलो गाँसमै ढुङ्गा, निर्वाचनमा बढी पैसा खर्चेकोमा नोटिस

Agency

अभिनेताबाट नेता बनेका बलिउड नायक सन्नी देवललाई पहिलो गाँसमै ढुङ्गा परेको छ। उनी भारतको १७ औं लोकसभा निर्वाचनमा गुरदासपुर सिटबाट पहिलो पल्ट निर्वाचित भएका थिए।

उनलाई निर्वाचनको बेला चुनाव आयोगले जारी गरेको खर्चको मापदण्डभन्दा बढी रकम खर्चिएको भन्दै नोटिस पठाइएको छ। चुनाव आयोगले लोकसभा निर्वाचनका लागि ७० लाख भारतीय रुपैयाँ खर्च गर्ने सीमा तोकेको थियो।

तर, सन्नीले त्योभन्दा बढी रकम खर्चेको भन्दै उनलाई नोटिस पठाइएको हो। सन्नीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बाट निर्वाचन लडेका थिए। उनको सौतेनी आमा हेमा मालिनी पनि भाजपाकी सांसद हुन्।

उनीविरूद्ध नोटिस जारी गरिएपनि कति रकम खर्चिएको निर्वाचन आयोगले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: : 2019-06-20 15:11:15

प्रतिकृया दिनुहोस्