टर्कीका ह्याकरले गरेका थिए, अमिताभको ट्वीटर ह्याक

तस्वीरः एजेन्सी

बलिउडका महानायक अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएपछि उनको लाखौं फ्यान स्तब्ध भएका थिए। तर, उनको ट्वीटर अकाउन्ट केही घण्टाभित्र ठिक भएको छ।

अमिताभको ट्वीटर ह्याक गरेर उनको स्थानमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखिएको थियो। अमिताभले आफ्नो अकाउन्ट ठिक भएपछि मंगलबार बिहान दुई वटा ट्वीट गरेका छन्।

अमिताभले अहिलेसम्म आफ्नो अकाउन्ट ह्याक भएको विषयमा कुनै प्रतिक्रिया दिएका छ्रैनन्। अमिताभको ट्वीटर ह्याक गरेको जिम्मा टर्कीको ह्याकर समूह ‘अयिल्डिज’ले लिएको छ।

उनीहरूले अमिताभको ‘बायोडाटा’ पनि परिवर्तन गरेका थिए। ह्याक गरिएको अकाउन्टमा लेखिएको थियो, ‘लव पाकिस्तान’। यसमा टर्कीको झन्डावाला इमोजी देखिएपछि अमिताभको ट्वीटर अकाउन्ट टर्कीबाट ह्याक भएको आशंका गरिएको थियो।

प्रकाशित मिति: : 2019-06-11 11:52:34

प्रतिकृया दिनुहोस्