हिम्मतवाल 'हिरो' सुदर्शन गौतमलाई पक्रेला त क्यानेडियन प्रहरीले ?

हिम्मतवाल हिरो सुदर्शन गौतम नायिका रेखा थापासँग रोमान्टिक मुडमा । तस्बिर : ग्लामर नेपाल ।

मानव तस्करीको अभियोगमा नेपालमा मुद्दा चलिरहेका सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीको सहयोग मागिएको छ ।

क्यानडाका नागरिक रहेका गौतमले नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर ठगी गर्दै आएका थिए। यसअघि नै उनीबिरूद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

नायिका रेखा थापाले हिम्मतवाली चलचित्रमा अभिनय गराएका गौतमले कलाकार बनाएर नेपालीलाई तल्लो बाटोबाट अमेरिका लैजाने गरेका थिए । त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौँपछि अलपत्र परेर फर्किएका थिए । 

उनले दुई वर्षअघि तीन युवतीलाई कलाकार बनाएर हाइटी पु-याएका थिए । हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई त्यहाँ पुर्याएर अलपत्र पारिएको थियो । 

दुबै पाखुरा नभएका उनी बिना पाखुरा सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका थिए । 

प्रकाशित मिति: : 2019-06-07 07:33:36

प्रतिकृया दिनुहोस्