कान्समा 'सुनौलो'पछि 'रातो'मा प्रियंका

कान्स फिल्म फेस्टिबलका लागि पेरिसमा पुगेकी नेपाली नायिका प्रियंका कार्की सम्भव भएसम्म धेरै कार्यक्रममा पुग्ने कोशिस गरिरहेकी छिन्। 

उनको उपस्थिति र पहिरनले नेपाल र नेपालीपनको उपस्थिति गराउँछ गराउँदैन, त्यो बेग्लै कुरा हो तर उनले आफ्ना फेसन डिजाइनरका पहिरनहरू प्रस्तुत गर्न कुनै कसर बाँकि राखेकी छैनन्। 

अघिल्लो दिनको एउटा कार्यक्रममा गोल्डेनमा देखिएकी प्रियंका आज रातोमा देखिएकी छिन्। उनी कोरियन चलचित्र जिसाङचुङ डे बोङ जुन हो चलचित्रको वर्ल्ड प्रिमियरमा राताोमा पुगेकी छिन् ।  

प्रकाशित मिति: : 2019-05-23 06:31:28

प्रतिकृया दिनुहोस्