कान्सको रेडकार्पेट नाप्न प्रियंका कार्की पुगिन् पेरिस

फ्रान्सको पेरिसमा जारी ७२औं ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन विश्वभरका सेलब्रेटीहरू यतिबेला पेरिसमा जम्मा भएका छन्। 

उनीहरू त्यहाँ आयोजित विभिन्न कार्य्रकममा विभिन्न रङरूप र भेषभूषामा प्रस्तुत हुन्छन्। 

यसपटक नेपाली सेलिब्रेटी प्रियंका कार्की पनि कान्स पुगेकी छिन्। उनी त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी भैरहेकी छिन्। सोमबार बेलुकी उनी भिल्ला अक्सिनमा आयोजित ‘वर्ल्ड पिस नाइट’मा सहभागी भइन्।  

कान्स फिल्म फेस्टिबलमा सबैभन्दा महत्वपूर्ण यसको रेड कार्पेटलाई मानिन्छ। यो रेड कार्पेट नाप्न विश्वभरकै सेलिब्रेटीहरू लालायित हुन्छन्। नेपालकी प्रियंका कार्कीले पनि पहिलोपटक यो रेड कार्पेट नाईदैछिन्। उनी त्यहाँ डिजाइनर सिवाङ्गीको पहिरनमा प्रस्तुत हुदैछन्। 

 

प्रकाशित मिति: : 2019-05-22 06:43:46

प्रतिकृया दिनुहोस्