भारतपछि अब चीनमा रितिकको भाग्य परीक्षा

तस्बिरः एजेन्सी

पछिल्लो समय भारतीय सिनेमाले चिनियाँ बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्। यसैबाट उत्साही भएका बलिउड निर्माता तथा निर्दैशकहरू आफ्नो फिल्मलाई चिनियाँ भाषामा डब गर्दै चीनमा रिलिज गर्ने ट्रेन्ड बढ्दो छ।

यसैको नयाँ कडी बन्दै छ, रितिक रोशन र यामी गौतमको सुपर हिट फिल्म काबिल। यो फिल्म जुन ५ मा चीनमा रिलिज हुँदैछ। यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फिल्म युनिटले जानकारी दिएको छ।

चीनमा प्रदर्शन गर्न लागिएको फिल्मको चिनियाँ भाषामा पोस्टर पनि रिलिज भइसकेको छ।

क्राइम थ्रिलर काबिल रितिकको होम प्रोडक्सन पनि हो। जसलाई राकेश रोशनले निर्माण गरेका हुन्। संजय गुप्ता फिल्मका निर्देशक छन्।

२५ जनवरी २०१७ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा १२६ दशमलव ८५ करोडको कलेक्सन गरेको थियो।

काबिल एउटा रिभेन्ज फिल्म हो। जसको कहानी एउटा नेत्रहीन पात्रको वरिपरि घुमेको छ। नेत्रहीन श्रीमतिको यौन शोषणमा आधारित यस फिल्ममा रितिक र यामी दुवैले उत्कृष्ट अभिनय गरेका छन्।   

भारतीय फिल्म उद्योगलाई चीनको रुपमा एउटा ठूलो बजार प्राप्त भएको छ। यहाँ रिलिज भएका केही फिल्मले भारतको बजारलाई पनि पछाडि छोडेका छन्।

श्रीदेवीको फिल्म ‘मम’ को हालै चीनमा रिलिज भएको थियो। जसले राम्रो कमाइ गरिरहेको छ। १० मेमा रिलिज भएको यो फिल्मले पहिलो सातामै ४१ दशमलव ८१ करोड भारतीय रुपैयाँ व्यापार गरिसकेको छ।

२०१८ मा सार्वजनिक भएको रानी मुखर्जीको हिचकी फ्लिमलाई पनि चीनमा खुब रुचाइएको थियो। यसले १ सय ५० करोड बढी व्यापार गरेको थियो।

प्रकाशित मिति: : 2019-05-14 16:20:16

प्रतिकृया दिनुहोस्