करिश्माको कम्पाउण्डमा चट्याङ, थाहा पाएपछि डराउँदै भनिन्- नयाँ जीवन पाएँ

नेपालकी भेट्रन नायिका करिश्मा मानन्धरले चट्याङबाट बचेको बताएकी छिन्। उनको घर कम्पाउण्मा रहेको रूखमा चठ्याङ परेको छ। चट्यांङले रूखलाई नराम्ररी चिरेर ढालिदिएको छ। 

तर, सँगै रहेको घरमा भने चट्याङ नपरेको उनले बताइन्।करिश्माले ब्रेक एण्ड लिंक्ससँग भनिन्- 'घरको माथिल्लो तलामा मिटिङमा गरिरहेको बेला ठुलो मेघ गर्जेको र बिजुली चम्केको थियो। सुरूमा त करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ।'

केही समयपछि बाहिर हेर्दा रूख चिरिएको देखेर हेर्दा चट्याङ परेको थाहा भयो, करिश्माले भनिन्- त्यसपछि पो डर लाग्यो। अनि भगवानलाई धन्यवाद दिदैं भने- भगवान, अर्को जीवन दिनु भयो। त्यसका लागि धन्यवाद। बाँकि जीवन राम्रो काम गरेर बिताउँने छु। ' 

प्रकाशित मिति: : 2019-05-13 00:18:53

प्रतिकृया दिनुहोस्