उडाको उडाई प्रियंकाको कपाल !

बलिउड स्टार प्रियंका चोपडा फेरिएकपटक चर्चाको शिखरमा छिन्। यसपटक उनलाई चर्चित बनाएको छ- उनको आफ्नै गेटअपले।

फेसनप्रेमीहरूको महाकुम्भ भनिने न्यूर्योक ‘मेट गाला’ मा यसपटक उनी लग्जरी ब्राण्ड डियोर सिल्वर न्यूड गाउनमा देखा परिन्।श्रीमान् निकसँगै रेडकार्पेट नाप्न आएकी  प्रियंकाको पहिरन मन पराइए पनि उनको बिग्रिएको कपाल र मेकअप लुक्स भने मन पराइएन। त्यसमा पनि उनको कपाल भने हसिमजाकको विषय नै बनाइयो। 

केही सामाजिक सन्जाल प्रयोगकर्ताले प्रियंकाको कपाललाई वीरप्पनको जुँगासँग तुलना गरेका छन्। वीरप्पनको जुँगासँग तुलना गरेकै कारण प्रियंकाको तस्बिरलाई वीरप्पनको जुँगासँग जोडेर राखिएको छ।

सामाजिक सन्जालमा प्रियंका, रणवीर सिंह र दीपिकाको बिग्रिएको कपालको तस्बिर सेयर गर्दै फिल्म ‘जोली एलएलबी’को संवाद ‘कहाँबाट आउँछन् यी मानिस’ भन्दै ट्रोल बनाइएको छ। प्रियंकाको कपाललाई श्रीलंकाली क्रिकेटर लसिथ मालिंगाको हेयर स्टाइलसँग तुलना गरिएको छ। उनको कपाललाई सत्य साईबाबाको कर्ली हेयर स्टाइलसँग पनि तुलना गरिएको छ।फिल्मका केही डरलाग्दा चरित्रका कलाकारको लुक्सको तस्बिर सेयर गर्दै ती तस्बिरसँग प्रियंकालाई दाँजिएको छ। प्रियंकाको फेसन चासोलाई वैज्ञानिक आइन्स्टिनसँग पनि तुलना गरिएको छ।फोटोसपमार्फत प्रियंकाको कपालमा चरालाई राखेर गुँड पनि बनाइएको छ।

यसैगरी केही सामाजिक सन्जाल प्रयोगकर्ताले प्रियंकाको कपाललाई वीरप्पनको जुँगासँग तुलना गरेका छन्। वीरप्पनको जुँगासँग तुलना गरेकै कारण प्रियंकाको तस्बिरलाई वीरप्पनको जुँगासँग जोडेर राखिएको छ।

आदिल अलीले सामाजिक सन्जालमा राखिएको प्रियंकाको तस्बिरमा ‘यस्तो लाग्छ कि हलोविन पार्टी हुने तयारी भइरहेको छ’ भन्दै प्रतिक्रिया लेखेका छन्। अर्का प्रयोगकर्ता अनिषले ‘प्रियंका जोनी लिवर जस्तो देखिएकी छिन्’ भनेर उल्लेख गरेका छन्।

त्यस्तै शिवकुमार गुप्ताले ‘प्रियंका भारतबाट मानिसका रूपमा गएकी थिइनँ। त्यहाँ गएर के भइन् ?’ भन्दै प्रश्न गरेका छन्। ललित रायले ‘निक जोनास आफ्नो संस्कृतिलाई पछ्याइरहेका छन्। प्रियंका त्यो रंगमा रंगिएकी छन्। प्रियंकासँग कुनै गुनासो छैन। यो उनको जिन्दगी हो। तर निकका लागि थोरै भए पनि ताली चाहिँ अवश्य नै बजाउनुपर्नेछ’ भन्दै प्रतिक्रिया दिएका छन्।

प्रियंकाको पहिरनलाई कस्ट्युम इन्स्टिच्यूट गाला अथवा मेट बल भनिएको छ। यो न्यूर्योकमा रहेको मेट्रोपोलेटिन म्यूजियम अफ आर्ट्स कस्ट्यूम इन्स्टिच्यूटको लागि आर्थिक सहयोग जुटाउन तयार पारिएको हो। 

प्रकाशित मिति: : 2019-05-10 06:37:03

प्रतिकृया दिनुहोस्