नेपाल आईडलका उत्कृष्ट ४ प्रतिस्पर्धीको साथमा दुवईमा सांगीतिक कार्यक्रम हुँदै

तस्बिरः बिएल

'युएई’ को दुबई सहरमा नेपाली सांङ्गीतिक कार्यक्रम हुने भएको छ।

नेपाल आईडलका बिजेता रवि ओड, फष्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथमा युएईको दुवईमा आउँदो मार्च ८ तारिख शुक्रबार 'गोर्खाली नाईट' हुने भएको हो ।

विषेश अतिथि कलाकारका रूपमा पछिल्लो समयको चर्चित गीत सालको पात टपरीका गायक कुलेन्द्र बिक र गायिका शोभा त्रिपाठी रहेको यस कार्यक्रममा १५९ थरीका आवाज प्रस्तुत गरेर गीनिज बुकमा विश्व रेकर्ड कायम गरेका रमेश दुलाल 'कागे' को पनि प्रस्तुती रहने आयोजक 'मदन अधिकारी' र 'मनोज गोर्खाली'ले जानकारी दिएका छन्।

डिजे फरे को साथमा दुवईको Grand Excelsior Hotel मा आयोजना हुने यस कार्यक्रममा नायिका 'एलिना रायमाझी' र 'नम्रता लामा'को आकर्षक नृत्य रहने छ ।

मनोज गोर्खाली र मदन अधिकारीको प्रस्तुति रहेको यस गोर्खाली नाईट २०१९को सम्पूर्ण कार्यक्रम संचालनको जिम्मा सुवास शर्मा र विवेक खतिवडाले लिएका छन्।

प्रकाशित मिति: : 2019-03-04 09:38:44

प्रतिकृया दिनुहोस्