अभिनेत्री क्याथरीन हेलमन्डको निधन

तस्वीर – शटरस्टक

हलिउड अभिनेत्री क्याथरीन हेलमन्डका ८९ वर्षको उमेरमा निधन भएको छ । उनी अल्जाइमर्स रोगबाट पीडित थिइन् ।

हलिउड रिपोर्टस डट कमका अनुसार उनले अभिनेत्रीमा २३ फेब्रुअरीमा अन्तिम सास लिइन् । उनले हलिउडमा पाँच दशकदेखि काम गर्दै आएकी थिइन् । उनी सन् १९७७ देखि १९८१ सम्म टिभी शो ‘सोप’ मा जेसिका टेटको भूमिका निभाएर चर्चित भएकी थिइन् ।

उनी ‘कोच, हु इज द बोस ?’ र ‘एभ्रीबडी लभ्स रेमन्ड’ जस्ता टिभी शोमा पनि देखिएकी थिइन् ।

उनले बिलिभ इन मी, द हस्पिटल, ब्राजिल लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति: : 2019-03-03 22:13:10

प्रतिकृया दिनुहोस्