'भारत आएर देखाउ, अनि थाहा हुन्छ'

AGENCY

पुलवामा हमलापछि पाकिस्तानका प्रधानपन्त्री इमरान खानले भारतलाई चेतावनीयुक्त भाषामा दिएको जवाफलाई बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकार अलि जफरले प्रशंसा गर्दै 'क्या भाषण' भनेर ट्वीट गरेपछि भारतिय नागरिकहरू उनीसँग रिसाएका छन्।

जफरको सो ट्वीटपछि एक प्रयोगकर्ताले 'भारत आएर देखाउ, अनि थाहा हुन्छ' भनेर रोष प्रकट गरेका छन्। त्यस्तै अर्का एक प्रयोगकर्ताले 'यहाँ आएर भीख माग्ने अनि हामीलाई नै आँखा तर्ने' भनेका छन्।

भारतले सो आतंकवादी हमलामा पाकिस्तानको हात रहेको जनाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरानले 'पाकिस्तानमा हमला गर्नेबारेमा भारतले सोच्छ भने हामी सोच्नेमात्र होइन, त्यसको जवाफ पनि दिन्छौं' भनेका थिए।

जफरले सोहि भाषणको तारिफ गरेका थिए।

पुलवामा हमलापछि भारतले पाकिस्तानी कलाकारलाई भारतिय सिनेउद्योगमा काम गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसका अलावा रिलिजका क्रममा रहेका बलिउड सिनेमाहरूले पाकिस्तानमा रिलिज नहुने जनाइसकेका छन्।

प्रकाशित मिति: : 2019-02-23 00:04:15

प्रतिकृया दिनुहोस्