अमेरिकाको फिल्ममा फेस्टिबलमा नेपाली डकुमेन्ट्री

मानछिरिङ तामाङ

अमेरिकाको एक फिल्म फेस्टिभल्समा नेपाली डकुमेन्ट्री छनोट भएको छ। पत्रकार मानछिरिङ तामाङले निर्देशन गरेको 'भेडी गोठोले'को बारेमा तयार पारिएको वृत्तचित्र ‘अ डे इन द लाइफ अफ हिमालय सेर्फड’ छनोट भएको हो।

डकुमेन्ट्री ओहायो राज्यको मारित्तास्थित पिपल्स बैक थिएटरको द कोलोनी सर्ट फिल्म फेस्टिभल्समा प्रर्दशन गरिनेछ।

आयोजकले वेबसाइटमा राखेको सूचनाअनुसार उक्त फिल्मसहित विभिन्न देशबाट ३० वटा सर्ट फिल्म छनोट भएका छन्। छनोट फिल्मलाई क्रमशः प्रर्दशन गरिने बताइएको छ। मार्च १ र २ तारिखको दिन हुने फिल्म फेस्टिभल्समा नेपाली डकुमेन्ट्री ‘अ डे इन द लाइफ अफ हिमालय सेर्फड’ दोस्रो दिन प्रर्दशन हुनेछ।

डकुमेन्ट्री ‘अ डे इन द लाइफ अफ हिमालय सेर्फड’का निर्देशक तामाङका अनुसार डकुमेन्ट्रीमा धादिङ जिल्लाको रुवी भ्याली क्षेत्रमा परम्परागतरुपमा अपनाउँदै आएको भेडी गोठालेको जीवन देखाइएको छ।

धादिङ जिल्लाको उत्तरी हिमाली क्षेत्रका बासिन्दा र त्यहाँको जीविकोपार्जनलाई देखाउन खोजिएको छ। डकुमेन्ट्रीले नेपालको हिमाली जीवनलाई देखाएर नेपालको पर्यटन प्रर्वद्धन गर्ने अनुमान तामाङको छ।

‘अमेरिकाको फेस्टिभल्समा नेपालको बारेमा बनेको डकुमेन्ट्री छनोट हुनु नै खुसीको कुरा हो,’ निर्देशक तामाङले भने, ‘फेस्टिभल्समा प्रर्दशन हुने डकुमेन्ट्रीले नेपालको हिमाली क्षेत्रको जनजीवन देखाउनुको साथै पर्यटन प्रर्वद्धन गर्न सहयोग पुर्याउनेछ।’

नेपालले भ्रमण वर्ष २०२० मनाउँदै गर्दा नेपालको विषयमा बनेको डकुमेन्ट्रीहरू यसरी देशविदेशमा प्रर्दशन हुनुले नेपालको लागि खुसीको खबर हुने उनको भनाइ छ।

तामाङ लामो सयमदेखि पत्रकारिता गर्दै आएका छन्। धादिङकै स्थानीय रहेका तामाङ ३ वर्ष वर्षयता अमेरिकामै बसेर पत्रकारिता गर्दै आएका छन्।

प्रकाशित मिति: : 2019-02-22 23:30:18

प्रतिकृया दिनुहोस्