क्यानडाको एडमन्टन अवस्थित हिमालयन तेक्वान्दो एकेडेमीले ‘क्यानेडियन आइटिएफ राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप–२०१९’ मा उत्कृष्ट प्रदर्शन गरेको छ।
सस्काच्युयन तेक्वान्दो फेडरेसनको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा हिमालयन तेक्वान्दोले १५ स्वर्ण, १४ रजत र १९ कास्य गरि कूल ४८ पदक जित्न सफल भएको थियो। प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको थियो।
प्रतियोगितामा गिब्सन ढकाल, प्रसिद्वि कडेल, प्रशुन शर्माले दुवै विधामा स्वर्ण जितेका थिए। आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रसुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारीले एक÷एक स्वर्ण जिते। यस्तै, विवेक तिम्सिना, गणेश बोहोरा, जेम्स चौधरीले दुबै विधामा रजत जितेका थिए।
आरम्भ खरेल, अवि सिंह, आदित्य अधिकारी, अरिक पौडेल, आयुष ओझा, विवश लामिछाने, जेनिसा चापागाई र रिकेस पुरीले पनि एक÷एक रजत जितेका थिए। दुवै विधामा कास्य जित्नेमा अनुप रसाईली, प्रवेश पौडेल, रियाज अर्याल र शसांक भण्डारी रहेका छन्।
आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविश लामिछाने, जेनिस चापागाई, स्पनदन गौतमले पनि एक एक कास्य जितेका थिए।
प्रतियोगिता नोभेम्वर ८ र ९ मा सस्काच्युन राज्यको रेजाइना सहरमा सम्पन्न भएको थियो। प्रतियोगितामा क्यानडाभरिका ४ सय ५० खेलाडीले भाग लिएका थिए।
हिमालयन तेक्वान्दो एकेडेमीेका प्रशिक्षक तथा संचालक राजु गड्तौलाको नेतृत्वमा गएको सो टोलीको व्यवस्थापनको जिम्मा अर्का सञ्चालक हुमन गौतमले गरेका थिए।
तीन वर्षअघि देखि सञ्चालनमा आएको सो तेक्वान्दो एकेडेमीमा नेपालीमूलका करिव ८० भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइरहेका छन्।
आगामी वर्ष अक्टोबरमा युरोपमा हुने विश्व च्याम्पियनसिपको तयारीमा एकेडेमी लागेको प्रशिक्षक राजुले बताए। हिमालयन तेक्वान्दोमा हाल नेपालीभाषि विद्यार्थी मात्र रहेपनि अन्य समूदायका खेलाडीलाई पनि भर्ना खुल्ला गरिएको सञ्चालक गौतमले बताए।