बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा

तस्बिरः एजेन्सी

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

बायर्नले बुधबार राति भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै दुई खेल बाँकी छदै नकआउट चरणमा पुगेको हो ।

बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे ।

६९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेल सकिन एक मिनेट बाँकी रहँदा पेरिसिसले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।

समूह ‘बी’ मा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोड्यो ।

अब बाँकी दुई खेलमा पराजित भएपनि बायर्नलाई कुनै फरक पर्ने छैन । टोटेनहम ७ अंक जोडेर दोस्रो, रेड स्टार बेलग्रेडको ३ तथा ओलम्पियाकोस १ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति: : 2019-11-07 08:08:42

प्रतिकृया दिनुहोस्