टि–२० मा भारतविरूद्ध बंगलादेशको ऐतिहासिक पहिलो जित

Agency

बंगलादेशले भारतविरूद्ध पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित हात पारेको छ। आइतबार नयाँ दिल्लीको अरुण जेटली रंगशालामा सुरु भएको तीन टि–२० शृंखलाअन्तर्गत पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको छ।

बंगलादेशले यसअघि भारतसँग खेलेको ८ अन्तर्राष्ट्रिय टि–२० मा सबै हारेको थियो।

बंगलादेशी कप्तान महमदुल्लाहले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। भारतले ६ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो।

प्रत्युत्तरमा मुस्फिकुर रहिमको अविजित अर्धसतकको सहयोगले १९ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै बंगलादेशले आवश्यक रन पुरा गर्यो। रहिमले ६० रन बनाए। कप्तान महमदुल्लाहले विजयी छक्का हिर्काउदै अविजित १५ रन बनाए।

सिसापाङमाको टुप्पोबाट निर्मलले भने– आमा मिशन पुरा भयो- म जीवित छु

भारतले ढिलो सुरुवात गर्यो। कप्तान रोहित शर्मा ९ रन बनाएर आउट भए। लोकेश राहुल पनि १५ रनमा पवेलियन फर्किए। शिखर धवनले ४१ रन बनाए। डेब्यु गरेका महाराष्ट्रका अलराउन्डर शिवम दुबेले १ रन मात्र बनाए। विकेटकिपर ऋषभ पन्तले २७ रन बनाए।

वासिङ्टन सुन्दर र क्रुणाल पाण्ड्याले अन्त्यमा बिस्फोटक ब्याटिङ गरे। सुन्दरले २ छक्काको सहयोगले ५ बलमा १४ रन बनाए। पाण्ड्याले १ छक्काको सहयोगले ८ बलमा १५ रन बनाए।

प्रकाशित मिति: : 2019-11-04 05:43:43

प्रतिकृया दिनुहोस्