घरेलु मैदानमै आर्सनल बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

प्रिमियर लिग फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल वुल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । आर्सनलका लागि पियर एम्रिक अबामियाङ र वुल्भ्सका लागि राउल जिमिनेजले गोल गरेका थिए ।

खेलको २१ औं मिनेटमा अबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफ एक गोलले अगाडी रहेको आर्सनलले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

खेलको ७६ औं मिनेटमा जिमिनेजले गोल गर्दै वुल्भ्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनलले शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । पाँचौं स्थानको आर्सनलले १७ अंक जोडेको छ । १३ अंक जोडेर वुल्भ्स ११ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले बर्नलीलाई ३–० ले हराएको छ । यस्तै न्युकासलले वेष्ट ह्यामलाई ३–२ ले पराजित गर्दा ब्राइटनले नर्विचलाई २–० ले हराएको छ ।

प्रकाशित मिति: : 2019-11-03 06:23:44

प्रतिकृया दिनुहोस्